काठमाडौँमा चिनियाँ पुस्तक केन्द्र स्थापना

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ पुस- 

चीनको चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण विभागको सहयोगमा काठमाडौँमा चिनियाँ पुस्तक केन्द्र स्थापना हुने भएको छ । सो विभागले अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्न लागेको यो चौथौँ केन्द्र हो भने दक्षिण एसियामा पहिलो केन्द्र हो । चीनका आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध पक्षलाई जानकारी गराउन र नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सो केन्द्र स्थापना गर्न लागिएको हो । डिल्लीबजारस्थित चीन अध्ययन केन्द्रको हातामा स्थापना गर्न लागिएको सो केन्द्र स्थापना गर्न केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराई र सो विभागका उपाध्यक्ष लु छाई रोङ्गकाबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा अध्यक्ष भट्टराईले नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन पुस्तक केन्द्रले थप सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो । विभागका उपाध्यक्ष रोङ्ले चीनको बहुआयामिक पक्षका बारेमा नेपाली जनतालाई जानकारी गराउन पुस्तक केन्द्रले सहयोग पुरयाउने विश्वास व्यक्त गर्नु भयो । रासस


  •  
  •  
  •  
  •  
  •  
Loading...

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *