‘राज्य राष्ट्र’ पुस्तकको लोकार्पण

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ पुस-

नेपालको मौलिक राजनीति र राज्य व्यवस्थाबारे लेखिएको पुस्तक ‘राज्य राष्ट्र’ आज लोकार्पण गरिएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्, भाषा तथा आमसञ्चार विभाग र त्रिवि, त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागका प्राध्यापकद्वय डा निर्मलमणि अधिकारी र डा गोविन्दशरण उपाध्यायद्वारा यो पुस्तक लेखिएको हो । संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेले पुस्तक सूत्रात्मक भएकाले सिद्धान्तका दृष्टिकोणबाट राष्ट्रियतालाई व्याख्या गर्न आधारशीला हुने विश्वास व्यक्त गर्नुभयो ।

जरोकिलो नेपालकै भएको मौलिक रैथाने शक्तिद्वारा आयोजना गरिएको कार्यक्रममा प्राध्यापक यमबहादुर दुराले सांस्कृतिक विविधतालाई देशले बोझका रुपमा नलिई त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तकले हामी कसरी आफ्ना मौलिक व्यवस्थालाई छाडेर आयातित प्रचलनमा रमाइरहेका छौँ भन्ने कुरालाई उठान गरेको बताउनुभयो । पत्रकार राजेश अहिराजले पुस्तकले नेपालीलाई नेपालसँग जोड्न सहयोग पुग्ने बताउँदै विकासका हरेक उदाहरण नेपालकै मौलिकताबाट पनि सिक्न सकिन्छ भन्ने कुरालाई स्मरण गराएको उल्लेख गर्नुभयो ।

युग निर्माण अभियानका संयोजक महादत्त पौडेलले राष्ट्रवाद र देशभक्तबीचको फरक पुस्तकले बताएको भन्दै आफ्नो मौलिकता बिर्सेर अरुले तयार पारेको सिद्धान्तलाई अपनाइरहेको नेपालको चित्रण पुस्तकले गरेको बताउनुभयो । लेखक डा निर्मलमणि अधिकारीले पुस्तकमार्फत राज्यराष्ट्रको सिद्धान्तलाई अगाडि ल्याएको जहाँ राष्ट्र, राष्ट्रियता र राज्यसम्बन्धी मौलिक रैथाने अवधारणा प्रस्तुत गरिएको बताउनुभयो । रासस


  •  
  •  
  •  
  •  
  •  
Loading...

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *