प्रस्ताव फिर्ता लिन नेकपा को पुन – आग्रह

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २ पुस-

नेकपा (माले)ले सत्तारुढ दलद्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराइएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई फिर्ता लिन पुनः आग्रह गरेको छ । सो प्रस्तावले सिङ्गो देश आन्दोलित भएको भन्दै सो पार्टीले ५ नं प्रदेश टुक्र्याउने प्रस्तावलाई फिर्ता लिनसमेत आग्रह गरेको महासचिव सिपी मैनालीद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । “संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिई जनताको भावना सम्बोधन गर्न र दलीय सहमति निर्माण गर्दै स्थानीय निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्दछ” – विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सो पार्टीले ५ नं प्रदेश नटुक्र्याउन माग गर्दै स्थानीयवासीद्वारा जारी आन्दोलनमा प्रहरी ज्यादति नगर्न पनि सरकारसित मागसमेत गरेको छ । मधेसवादी दलका माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले) लगायतका दलले सो प्रस्ताव फिर्ता लिन सरकारसित माग गर्दै आएका छन् । रासस


  •  
  •  
  •  
  •  
  •  
Loading...

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *