Loading...

थ्रीस्टार फाइनलमा

नेपाल्स न्युज।

थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।

हिजो भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो ।

खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको १२ औँ मिनेटमा थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो ।

टाइबे्रकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो ।

Loading...

विजेताले मनाङमस्र्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।

रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Close